• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

 ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक

काठमाडौं । फोटो नेपालद्धार प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक भएको छ । 

 

आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पुस्तकको बिमोचन गरे । एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको बिवरण समावेश रहेको फोटो नेपालले जनाएको छ । 

 

पुस्तक बिमोचन गर्दै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने बिवरणको पुस्तक समयको अवश्यकता भएको बताए । निर्वाचित प्रतिनिधिको ऐतिहासिक दस्तावेज सवैका लागि महत्वपूर्ण सूचना स्रोत हुने बिश्वास ब्यक्त गरेका थिए । आम नागरिकलाई आवश्यक सूचना प्रदान गर्न सक्ने पुस्तक सवै स्थानीय तहको हरेक टेबलमा आवश्यक रहेको उनले बताए ।

 

कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै पुस्तक बिमोचन जुम बाट गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए । एकवर्ष भन्दा बढी समयको प्रयत्नवाट बागमती प्रदेशका सवै जनप्रतिनिधिको बिवरण सहितको पुस्तक प्रकाशन गरिएको तिमल्सिनाले जानकारी दिए  ।

 

पुस्तकमा राष्टिय सभा, प्रतिनिधि सभा र प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्य समेतको आफ्नो पृष्ठभूमि र योजना सहितको ब्यक्तिगत बिवरण समावेश रहेको पुस्तक प्रकाशन परियोजना संयोजक बिदुर आचार्यले जानकारी दिए ।  

 

पुस्तकमा समावेश गरिएका बिवरण मकवानपुरबाट शिवकुमार काशी, चितवनबाट शालिग्राम नेपाल, सिन्धुलीबाट कृष्जला पुलामी, रामेछापबाट नवराज श्रेष्ठ, दोलखाबाट नवीनकुमार खतिवडा, सिन्धुपाल्चोकबाट यज्ञ दंगाल, काभ्रेपलाञ्चोकबाट सन्तोष चौलागाई, काठमाडौंबाट जयसिह महरा र जमुना धमला, ललितपुरबाट शिवहरी घिमिरे, धादिङबाट महेश्वर सुबेदी, रसुवाबाट अनु आचार्य र गीता न्यौपाने, नुवाकोटबाट रामहरी न्यौपालेले संकलन गरेका हुन ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार