• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

नयाँ दिल्ली । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ ।

 

दिल्लीको आर्मी अस्पतालमा उपचाररत रहेका उनको आइतबार बिहान निधन भएको हो ।

 

सिंहले अटल बिहारी वाजपेयी सरकारमा विदेश, रक्षा तथा वित्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनामा मेजरसमेत भएका थिए ।  

 

उनी सन् २०१४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह लामो समय कोमामा थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर उन निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार