• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

उपत्यकामा ८ सय ९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

 

काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

 

यो संगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २१ हजार ४ सय ७९ पुगेको छ । यसमध्ये काठमाडौमा १७ हजार ४ सय ८१, ललितपुरमा २ हजार १ सय जना र भक्तपुरमा १ हजार ९ सय २८ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार