• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

थपिए एक हजार ५७३ संक्रमित, ७३ दशमलव ४ प्रतिशत डिस्चार्ज

काठमाडौं । आज देशभर थप कोरोना भाइरसका एक हजार ५७३ संक्रमित फेला परेका छन् । 

 

पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले जानकारी दिए ।   आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । 

 

पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् भने हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । यस्तै डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

 

देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्‍वारेन्टिनमा रहेका छन् । 

 

देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार