• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मूल्य घटेको घट्यै

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

 

सुन आज ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

 

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार