• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

ओली-प्रचण्ड भेटवार्ता, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ।

 

बिहान ९ बजेबाट करिब ३ घण्टा मन्त्रिपरिषद् पुनर्गठनबारेमा दुई नेताबीच बालुवाटारमा छलफल भएको हो। दुई नेताबिचको भेटमा दुई वर्ष मन्त्री भर्इसकेका अधिकांशलाई हटाउने गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको स्रोतले जनाएको छ ।

 

स्रोतका अनुसार दुई वर्ष काम गरेका अधिकांश मन्त्रीहरु हट्नेछन् भने नयाँ मन्त्री कसकसलाई बनाउने भन्नेबारे समेत दुई अध्यक्षबीच छलफल भएको छ । त्यसका लागि मापदण्डमा समेत सहमति बनेको जनाइएको छ ।

 

मन्त्रिमण्डल पुर्नगठनको तयारीलगत्तै बालुवाटार र खुमलटारमा नेकपा नेताहरुको दौडधुप चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संकटमा पर्दा आफूलाई सहयोग गर्नेहरुलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

 

पूर्वएमाले घटकमा नयाँ अनुहारलाई प्राथमिकता दिए पनि पूर्वमाओवादीबाट भने दोहोरिने सम्भावना रहेको स्रोतले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार