• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

‘नरिसाउन होइ’ भन्दै फेरी आईन सञ्चारकर्मी बराल

काठमाडौं ।  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ।

 

गीतमा सुरज गैह्रे ‘विवस’ को शब्द र सञ्चारकर्मी ईश्वरी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ। राजेन्द्र भट्ट स्वयंको संगीत रहेको गीतले प्रेमिल जोडीहरूमा उत्पन्न हुने शंकाको विषय उठाएको छ । 

 

नायक पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माले गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् भने सान थापाले म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् ।

 

भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। यसअघि सञ्चारकर्मी बरालका ‘हरेक रात सपनीमा’,‘लभ पर्न सक्छ’ गीत आईसकेका छन्।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार