• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

झापामा कोरोना सङ्क्रमणबाट थप एकजनाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका ९, घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड-१९ (कोरोना) का कारण मृत्यु भएको छ ।

 

शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको नगरप्रमुख राजेन्द्र पोखरेल जानकारी दिए । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए ।

 

हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ । 

 

कनकाई घर भई विदेश र काठमाडौंमा रहेका थप दुईजनाको पनि कोरोनाकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार