• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

कोलकाताको पहिलो जित, हैदराबादको लगातार दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ।

 

यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो। हैदराबादको लगातार दोस्रो हार हो । शेख जायद स्टेडियममा हैदरावादले दिएको १४३ रनको लक्ष्य पछएको कोलकाताले १८ ओभरमा ३ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

 

कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए। नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए।

 

हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १र१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । यस्तै मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयर्स्टो ५ रनमा आउट भए । 

 

कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १र१ विकेट लिए ।जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । 

 

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । अब हैदराबादले तेस्रो खेल दिल्ली क्यापिटल्ससँग २९ सेप्टेम्बरमा खेल्ने छ । कोलकाताले ३० सेप्टेम्बरमा राजस्थान रोयल्सँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार