• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेपाली भूमी चीनले अतिक्रमण गरेको भन्दै बीरगञ्जमा प्रदर्शन

राहुल गुप्ता, बीरगञ्ज । चीनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौ वटा घर बनाएको बिरुद्धमा आज नेबिसंघ,पर्साद्वारा बिरोध प्रदर्शन गरिएको छ । 

 

नेबिसंघ पर्साको उपाध्यक्ष बिकेस पटेलको नेतृत्वमा आयोजित बिरोध सभामा पुर्व केन्द्रिय सदस्य सुधिर पटेल प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । युवाहरुको सो बिरोध र्‍याली बीरगञ्जको घन्टाघरमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

 

कोणसभामा नेबिसंघका निर्वतमान केन्द्रीय सदस्य सुधिर पटेलले चाइनीज अतिक्रमण बिरुद्ध नेपाल सरकार समेत मौन रहेको समयमा चाइनीज साम्राज्यवादी  बिरुद्ध आफूहरु बिरोध गर्न बाध्य हुनु परेको बताए।

 

कार्यक्रममा नेबिसंघ बीरगञ्ज महानगरपालिकाको अध्यक्ष बिवेक कलवार, तरुण दलका नेता मक्कु सिंह,पोखरिया नगर अध्यक्ष सन्तोष महत्तो,पर्सागढि नगर अध्यक्ष मंजिव मिस्रा, बिशाल पटेल, आकाश प्रजापति लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार