• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

बझाङ घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कडा कारबाही गर्न नेबिसंघको माग

काठमाडौं ।  बझाङको मष्टा गाउँपालिकामा बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्ने नेबिसंघले माग गरेको छ । बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय वालिका सम्झना विकको बलात्कारपछि हत्या भएको थियो ।

 

बलात्कार गरि हत्या गर्ने जस्तो जघन्य तथा क्रुर अपाराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि काडभन्दा कडा कानूनी कारबाही गर्न नेपाल विद्यार्थी संघले जोडदार माग गरेको छ ।

 

निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन भन्दा सरकार आफैँ बलात्कारीहरुको संरक्षण गर्न लागेको  विज्ञप्तिमा उल्लेख छ ।

 

‘केही पहिले नवराज विक लगायतका यूवाहरुको रुकुममा भएको नर-संहार र हाल सम्झना विकको वलात्कार गरी हत्या गरिएको घटनाले हाम्रो समाजमा दलित समूदायमाथि पाशविक आक्रमणका घटना वढन थालेको प्रष्ट हुन्छ, त्यसैले यस्ता घटना पुन : घटना हुन नदिन र दलित समूदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन वनाउन  सरकारसॅग जोडदार माग गर्दछौं।

 

विगतमा जस्तै ओली सरकार यस्ता जघन्य किसिमका अपराधिक घटनामा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै अपराधीलाई बचाउन लागिरहन्छ भने अब सम्पूर्ण नेपाली यूवा हरु आन्दोलको आधिवेरी ल्याई भ्रष्ट  र नालायक सरकारलाई सिंहदरबारबाट वहिर्गमन गर्न तयारी अवस्थामा छ ।’अध्यक्ष राजिव ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

शान्ति सुरक्षा लगायतका जनताको आधारभूत आवश्यकताको वेवास्ता गर्दै ओली सरकार आफ्नो सत्ताको आयू लम्ब्याउन मात्र  लागि परेको नेपाल विद्यार्थी संघको ठहर छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार