• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा.दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्यमा केहि असहज भएको अनुभव गरेपछि बुधबार उनले कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन । पीसीआर परीक्षणमा उनको कारोना पोजेटिभ रिपोर्ट शुक्रबार (आज) आएको बताइएको छ ।

 

अहिले उनी होम आइसोलेशनमा बसेको जनाइएको छ भने उनको स्वास्थ्य सामान्य नै रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार