• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण,५३ हजार १३ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । यस संगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । 

 

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । 

 

यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ । यस्तै गत २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार