• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

विमान दुर्घटना हुँदा २२ को मृत्यु

काठमाडौं । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । 

 

वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको जनाएको छ ।

 

चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुईजना घाइतेको उद्धार गरिएको छ । 

 

अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भईरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन । बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार