• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

आईपीएल : दिल्लीको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ । 

 

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो ।

 

चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन जोडे । यस्तै केदार जाधबले २६ रन जोड्दा शेन वाट्सन १४ र मुराली विजय १० रनमा आउट भए ।कप्तान महेन्द्र सिंह धोनीले १५ तथा रबिन्द्र जडेजाले १२ रन बनाए ।  बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अरिच नार्टेजीले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए । 

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे ।

 

शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ विकेट लिए । साम करनले एक विकेट लिए ।

 

यो खेलसँगै  दिल्ली शीर्ष स्थानमा उक्लेको छ । दुई खेल खेलेको दिल्ली ४ अंक सहित शीर्ष स्थानमा छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार