• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

आत्माको अन्तिम यात्रा  

जन्म र मृत्युको चक्रमा घुम्ने आत्मा 
थकित र गलित हुन पुग्छ कल्पको अन्तमा!!


 
संगम युगमा कमाएको पौरख सबै खर्च हुँदा
देहमोही बन्न पुग्छ झुक्किदा यदाकदा !!

 

धेरै बर्ष बितेको पत्तै हुदैन स्वर्गको चयनमा 
भोग्न पुगेका सुख समृद्धि सत्ययुगमा !!

 

तेत्रामा पुग्दा कलाकृति झन घटीघटी 
बुज्न सक्दैन भोगाईको समय भएको कटी !!

 

द्वापर तिर झर्दा पो दुःख पिडा महसुस भयो केहि 
तब पो बिउझन थाल्यो आत्मा बुझेर सहि !!

 

कलि त पतनको दलदलै बन्यो 
असयै दुःखको समुन्द्रमा आत्मा डुब्न पुग्यो !!

 

तर संगम युगको एउटा कुरा सराणीय बन्यो 
ईश्वरसंगको भेटले पुरुषार्थ फेरी मौलायो !!

 

यसरी डुलिरहन्छन् आत्मा जन्म र मृत्युको यात्रामा 
कल्प पछि मात्र पुग्छ सयर गर्न आफ्नो घर आगनमा !!
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार