• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

सोच एउटा मोड अर्कै

चैत्र महिनाको गर्मी त्यसमाथी पहिलो संबिधान सभाको निर्वाचन । देशभर चुनावी माहोल गर्माएको थियो । त्यो माहोलले राजधानीलाई नछुने कुरै भएन् । राजधानीका युवाहरुमा निर्वाचनको छुट्टै जोस थियो । सबै आ आफनो दललाई बिजयी बनाउन लागिपरेका थिए । त्यसमा पनि राजधानीमा राजनीति हुने चर्चित क्षेत्र थियो दुई नम्वर क्षेत्र । पूर्व प्रधानमन्त्री तथा नेकपा प्रभावशाली नेता माधव कुमार नेपाल यो क्षेत्रका उम्मेदवार थिए । उनका प्रतिद्धन्दी थिए नेपाली कांग्रेसका सालिन ब्यक्तित्व दिपक प्रसाद कुईकेल । निर्वाचनमा मतदान सकियो ०६४ साल २८ गते बिहिबारको सांझ राष्ट्रियसभा गृहको माहोल निकै गरम थियो । जब निर्वाचनको परिणाम माधव नेपालको पक्षमा उर्लेर आयो । त्यहाँ एक पक्षमा खुशी छायो भने अर्को पक्षमा निरासाको बादल छाउन थाल्यो । यसरी निराशाको बादल छाएको मानिसहरुलाई खोज्दै जाने क्रममा सभा गृहको एउटा कुनामा एक युवा सुक्क सुक्क गरेको आवाज सुनियो । आवाज कानमा के ठोकिएको थियो । उनलाई भेट्ने इच्छा जाग्यो । जसै उनी सामु पुगेर सुक्क सुक्कको कारण सोधीयो उनले निन्याउरो स्वरमा जवाफ दिए हाम्रो उम्मेदार पराजीत हुनु भयो उनका उम्मेदवार थिए दिपक प्रसाद कुईकेल । 

 

एउटा कुनामा बसेर सुक्क सुक्क गर्ने युवा अहिलेका नेपाल तरुण दल काठमाडौं जिल्लाका सचिव दिनेश बिक्रम शाह। चार तारा अंकित झण्डा हल्लाएर हिड्नुको मजै अर्को थियो त्योबेला । नेपाली कांगेसको राजनीतिलाई आफूले जाने देखी मनमा राखेका शाहको राजनीतिक प्रेरणाका स्रोत भने उनले सुनेका नेपाली कांग्रेसका प्राय पाका नेताहरु नै रहेछन् । तर उनी आफनो बास्तबिक राजनीतिक प्रेरणाको स्रोत नेपाली कांग्रेसका सभापनि शेरबहादुर देउवा र क्षेत्र नम्वर २ क्षेत्रीय सभापति उपेन्द्र कार्की लाई मान्छन् । यी दुई कै कारणले उनले अहिले सम्म नेपाली  कांग्रेसलाई आफनो मन मुटुमा सजाएका रहेछन् । 

 

बिशेष गरि राजनीतिमा तरुण राजनीतिलाई बढि ध्यान दिने शाहले आफनो राजनीतिक जीवनको प्रारम्भिक यात्रा भने नेपाली कांग्रेसको ११ औ महाधिबेशनबाट गरेका रहेछन्। राजनीतिका साथै सामाजिक क्षेत्रमा उत्तीकै दख्खल दिने शाहले सामाजिका सेवाको काममा पनि धेरै नै योगदान गरेका छन् । हाल र्मिमिरे युवा क्लवका अध्यक्ष रहेका शाह सामाजिक सेवालाई परम सुख मान्छन् । सधै दुखी गरिबको सेवा गरिरहन पाउ भन्ने भावना उनको मनमा सधै जागृत हुदो रहेछ । 

 

समाजसेवासंगै राजनीतिलाई पनि संगै लिएर हिडेका तरुण नेता शाह सहमती,सहकार्य, एकता र मेलमिलापमा बिश्वास गर्छन् । तरुण दल देखि सबै समूह मिलेर जाँदा राम्रो हुने उनको धारणा थियो । तरुण नेतृत्वले तरुणलाई आफनो मनोमनी ढंगले चलाउन खोजेकोमा चाहि उनको बिमती छ ।

 

पत्रकारिता क्षेत्रमा पनि रुची राख्ने आफनो सोख भनौ बानी भने तस्बिर खिच्नु हो भन्छन् । कठोर भन्दा कठोर काम गर्दा मनमा शान्त महसुस गर्ने युवा नेता शाहले तस्बीरका बिभिन्न रंगहरुलाई आफनो क्यामेरामा उतारेका छन् । सोच त एउटा सफल फोटोग्राफर बन्ने थियो तर जीवनको मोडले अर्कै तिर तान्यो । 

 

कोभिड-१९ को संक्रमणको बेला नागरिकहरुसंग प्रत्यक्ष सरोकार रहेका बिभिन्न सामाजिक कामहरु शाहले गरेका रहेछन् । उनको सोही कामको प्रशंसा स्वरुप उनी हिरो अर्वाडबाट सम्मानित भएका थिए । जीवनको अन्तिम कालसम्म राजनीति र सामाजिक सेवालाई एक साथ लैजान अठोटका साथ लागेका आफना प्रेरणाका स्रोतहरुको सपनालाई साकार पार्न तल्लिन छन् । 

 

प्रस्तुति : सुधीर नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार