• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

महाभारतको युद्ध लड्न नपाएका योद्दा वर्वरिक

जुवा हारेपछि घुम्दै तीर्थाटन गर्दै आउने क्रममा पाण्डवहरु महीसागर तीर्थमा आइपुग्छन् । थाकेका पाण्डवले विश्राम गरे । पानीखानको लागि जान लागेको भिमलाई युधिष्ठिरले कुण्डको पानी बाहिर ल्याएर हातमुख धोएरमात्र कुण्डको पानी खानु भनेका थिए । तर तिर्खाले व्याकुल भएका भिमले हातगोडा कुण्डभित्र धुनथाले, त्यस कुण्डको रक्षार्थ बसेका वर्वरिकले भने, ए पापी तिमीले देवीको कुण्डमा हात गोडा मुख धोएर मैलो पखालेर पानीलाई दुषित गराउने पापपूर्ण काम किन गर्‍यो ? यस्तो जिद्धी र पापीले किन तिर्थको भ्रमण गर्छाै । पाण्डव र वर्वरिक यसअघि कहिले भेट नभएकोले भिम र वर्वरिकको पनि चिनजान थिएन । भिम पनि के कम कड्किए वोल्छन्, ए राक्षस किन यस्तो कठोर वचन गर्छस्। जलको मुख्य उपयोग नै खानु पिउनु मैला सफागर्ने त हो । ठूला ठूला मुनीवरहरु पनि तिर्थमा अंग धुनुलाई स्नान भन्ने गर्दछन् । त्यसैका लागि पोखरी, धारा, पंधेरा वनाउँछन् ।

 

वर्वरिकले फेरी भन्छन् ठीक हो मुख्य तीर्थहरुमा मानिसहरु स्नान गर्नुपर्छ तर यसको विधिहरु छन् । जुन तिर्थस्थलमा वगेको पानी हुन्छ त्यसमा भित्र पसेर स्नान आदि गर्नुपर्दछ तर जुन तिर्थस्थलमा पानी वग्दैन सरोवर, कुवा, पोखरी आदि हुन्छ त्यसमा पानी पोखरी वा कुवावाट बाहिर ल्याएर हात गोडा मुख धोएपछि मात्र कुवा भित्र स्थान गर्नुपर्दछ । नत्र प्रदोष र पाप लाग्छ के तिमीलाई वह्मदेवले भन्नुभएको श्लोक थाहा छैन ? 'जो जलमा मलमुत्र, फोहोर, कप, थुक र कुल्ला गर्दछ उ वह्म हत्याराको वरावरको दोषी हुने गर्दछ ।' त्यसैले हेर दुराचारी बटुक तिमी जलकुण्डवाट तुरुन्त बाहिर निस्क, यदि तिमीले विवेक गुमाएका छौ. र तिम्रा इन्द्रियहरु सयमित छैन भने किन तिर्थयात्रामा घुम्छौं । पापी भएर वाँच्नु धिक्कार हो । यस्तो तिर्थयात्रावाट के फल मिल्छ र ? तव भिमसेन भन्छन् : तँ रुष्ट स्वरमा नकरा, तैले जतिसुकै विलाप गर म पानी पिउँछु । तव वर्वरिक भन्छन् म धर्तिको रक्षा गर्ने क्षत्रियकुलमा जन्मेको हुँ । त्यसैले यो कुण्डमा कुनैपनि हालतमा फोहोर गर्न दिन्न तँ बाहिर निस्कने भए निस्की नत्र म तँलाई ढुंगाले वजाउँछु भन्दै भिममाथी ढुंगा प्रहार गर्न थाले । भिम पोखरीवाट बाहिर निस्केपछि दुवै कुशल योद्दावीच भयंकर युद्ध भयो । 

 

थोरै समयमा नै भिमलाई वर्वरिकले परास्त गरी भिमलाई उठाएर समुन्द्रमा फ्याकीदिन खोज्दा तव भगवान रुद्र प्रकट भएर वर्वरिकलाई संझाउछन् हे राक्षस श्रेष्ठ वर्वरिक, जो संग तिमी युद्ध गर्दैछौ उनी तिम्रा हजुरवुवा भीम हुन् । जुवा हारेपछि तिर्थयात्रा गर्ने क्रममा पाण्डवको पाचै दाजुभाई द्रोपदी यहाँ आएका हुन्  यसर िभंगवान शंकरको वचन सुनेपछि भीमलाई भुइँमा राख्दै भिमको चरणमा पर्दे माफी माग्छन् मलाई धिक्कार छ, मैले हजुरलाई धेरै दुःख कष्ट दिएँ, मलाई क्षमा गनूृहोस् भन्छ । भिमले पनि पश्चाताप गर्दे शोक गरेको नातिलाई छातीमा टास्छन्, अनि कपाल सुम्सुमाउदै हेर नाति वर्वरिक तिम्रो जन्म भएपछि अहिले सम्म हाम्रो भेट नभनएकोले चिनजान नभएको हो । तिमी यही तिर्थस्थलमा निवास गर्दछौ भनेर भगवान श्रीकृष्ण र तिम्रो बुवा घटोकचले त भनेका थिए तर त्यो कुरा हामीले विर्सिएका थियौं  किनकी विचमा हामीलाई धेरै दुःख कष्ट आइलाग्यो । हामीलाइृ भाग्यले यस्तै पार्दे लग्यो । नाति वर्वरिक अव तिमी शोक नगर यसमा तिम्रो केही दोष छैन । खराव वाटो हिड्ने व्यक्रि जो सुकै भएपनि दण्डको भागि हुनुपर्छ ।असल क्षत्रीयको गुण यहि हो, ताकी आफै कुमार्गमा हिडेको भए आफ्नै आत्मको लागि भएपनि दण्ड दिन तयार हुनुपर्छ । दाज,ुभाई, बाबु, बाजे कसैलाई पनि छोड्नु हुदैन । आज तिमीजस्तो धर्मपालक नाति पाउनु पूर्वजहरु र मेरा लागि अहोभाग्य हो । तिमी प्रशंसाको लागि योग्य छौ भन्दा वर्वरिक यतिकै कुण्डमा हामफाली आत्महत्या गर्न खोज्छन् त्यसपछि देवी प्रकट भइर वर्वरिक आत्महत्या नगर यदि तिमीले आत्महत्या गर्यौ भने तिम्रा हजुरवाले पनि प्राण त्याग गर्नेछन् । तिमीले त्यसो नगर तिमीले अहिले मरेर मोक्ष प्राप्त गर्न सक्दैनौ । एकदिन तिमी कृष्णको हातवाट मारिने छौ त्यसपछि तिमीले मोक्ष प्राप्त गर्नेछौं भनेपछि उनी त्यतिखेर मरेनन् । त्यसपछि भिमसेन त्यहाँवाट गएर त्यो घटना सवैलाई सुनाए, सवै जना अचम्ममा परे । 

 

एक दिन महाभारतको लडाई अघि कृष्णले भिष्मलाई सोधेका थिए महाभारत कति दिनमा सकाउनु हुन्छ उनले २० दिनमा त्यसैगरी कर्णलाई सोध्दा २४ दिन, अर्जुनलाई सोध्दा २८ दिनमा भन्ने जवाफ पाएका थिए । अन्तत् महाभारतको युद्ध १८ दिनमा टुँगिएको थियो । महाभारत शुरु हुनु अगाडी वर्वरिक हेर्न भनी वाटोमा आउदै गर्दा , वाटोमा व्राह्मण देवताको भेषमा कृष्णले रथमा भेटछन् त्यसैबेला कृष्णले सोधेका थिए  कहाँ जादैछौं वर्वरिक उनले भने महाभारत हेर्न हेर्ने रे भाग लिने होइन जव महाभारतमा कसले हार्छ त्यसको पक्षमा लड्ने हो, नातावादवाट लड्ने हो भने पाण्डपको पक्षवाट लड्नुपर्ने तर म जो हार्छ त्यसको पक्षमा लड्ने हो । कृष्ण झस्किन्छन् । वर्वरिक एउटा कुरा सोधौं यो महाभारत कति दिनमा ढुंगाउछौं, उनले भने एक मिनेटको खेल हो । कृष्ण झनै झस्के एक मिनेटको खेल साच्चै.कसरी ढुंगाउछौं परिक्षण गरेर देखाउ त वर्वरिक ।  त्यसपछि वर्वरिकले एउटा रुखलाई देखाउदै रुखमा अनगिन्ती पात हुन्छन् व्राह्मण देवता म पहिलो वाण त्यो रुखमा हान्छु त्यो पातमा चिनो लगाएर आउँछ अर्थात युद्धमा जो जो मार्नुपर्ने हो चिनो लगाउँछ । उसो भए वर्वरिक लौ वाण हान त भन्दा हान्दा सवै पातमा चिनो भयो । कृष्णले वर्वरिकले थाहानपाई त्यसरुखको एउटा पात खुट्टामुनी राखेका थिए त्यो पातमा पनि चिन्ह थियो । 

 

कृष्ण झन् झस्किए, त्यसपछि वर्वाद हुने भयो भनेर वर्वरिकलाई हाम्रो पक्षमा ल्याउन हाम्रो पक्ष हार्नुपर्‍यो । त्यसको लागि दुई चार जना पाण्डपहरु मर्नुपर्‍यो । यदि कौरव हारेभने वर्वरिक त्यही पक्षमा जाने भए र पाण्डप सखाप । भिमसेनको नाति भएपनि यसलाई बाटोवाट नहटाई युद्ध जितिन्न भनेर उपाए रचे । व्राह्मणको भेषमा रहेका कृष्णले महावली तिमीलाई सानो निवेदन गर्दछु : मान्छौ भनी वाचा गराएर भने आज शुभदिन परेको छ, त्यसैले म तिम्रो शिर काटेर मलाई अर्पण गर्न अनुरोध गर्दछु । वर्वरिक एकछिन झस्के संभवत कृष्णले आफ्नो सक्कलीरुप पनि देखाइ सकेका थिए। वर्वरिक श्रकिृष्णको शिष्य पनि थिए । गुरु दक्षिणा स्वरुप उनले आफ्नो शिर काट्न तयार भए, दुईवटा सर्तमा । पहिलो महाभारत हेर्ने इच्छा र दोस्रो दागवत्ती श्रीकृष्णले नै दिनुपर्ने । त्यसपछि श्रीकृष्णले शिर काटी दिए । शिर पर्वतमा राखिदिए र शरिरमा श्रीकृष्णले दागवत्ती दिए । 

 

अन्तमा महाभारत सकिन्छ । सवै पाण्डप दाजुभाईहरुमा छलफल भयो । युद्ध जीतको श्रेय कसले लिने भन्ने वारेमा सवै भाईहरुले आ–आफ्नो भुमिकालाई महत्वपूर्ण ठान्न थाले। उनीहरु वर्वरिक भएको ठाउँमा गएर सोधे यो जीतको श्रेय कसलाई जान्छ भनेर । वर्वरिकले सिधा जवाफ दिए जीतको श्रेय श्रीकृष्णलाई जान्छ । हामी मान्छे सवैको यस्तै स्वाभाव हुन्छ किनकी पाण्डप पनि मानिस स्वरुप नै हुन् । जसले युद्ध गरेन उसैलाई श्रेय जान्छ किनकी युद्धको मैदानमा नवसेर पनि सवै चाजोपाजो मिलाउने, कयौं छल गर्ने, झुट वोल्ने, कसैलाई पन्छाउने, कसैलाई अगाडि सार्ने काम श्रीकृष्णवाटै भएको थियो । श्रीकृष्ण भगवान भएर पनि किन यति धेरै छल गरेको भनेर सवैलाई अचम्म लाग्न सक्छ तर महाभारत जिवन युद्धको प्रतिक हो । सत्यको पक्ष जसले लिन्छ आखिर उसैको जीत हुन्छ भन्ने सन्देश महाभारतले दिएको छ । असत्यलाई हराउन भगवान होस् वा प्रकृति दुवैले कहिले कही छलकपटको मार्ग रोज्नुपर्ने हुन्छ । पाण्डप सत्यको प्रतिक थियो त्यसैले पर्दा पछाडि वसेर पनि असत्यको विरुद्ध र सत्यको पक्षमा विभिन्न षड्यन्त्र रच्नुपरेको हो श्रीकृष्णलाई किनकी युद्धको सिद्धान्त नै साम दाम दण्ड भेद मानिन्छ ।

 

यस कथामा वर्वरिकले जो कमजोर जो हार्छ उसैको पक्ष लिन्छु भन्ने अडान पनि उपयुक्त थिएन । पक्ष लिने भनेको जो हार्छ उसको लिने हैन र जो जित्छ उसको पनि हैन । जो जित्छ उसको पक्ष लिनु चाप्लुसी हो । जो हार्छ उसको पक्ष लिनु पनि आफू वलियो छु भनेर लिइने अहंकारी हो । त्यसैले पक्ष लिने भनेको न हारको न जीतको । पक्ष लिने भनेको सत्यका र न्यायको । यहानिर वर्वरिक चुकेका छन् । वर्वरिक यसरी मारिनुपर्ने कारण के हो त भन्दा यीनले आफ्नो शक्तिलाई प्रर्दशन नगरिकन महाभारतमा आफ्नो इच्छा अनुसार भागलिएको भए उनी सायद मारिनुपर्दैन्थ्यो होला । मान्छले धनको, वुद्धिको, शक्तिको प्रदर्शन गर्नुभनेको आफूलाई कमजोर निम्त्याउनु हो । त्यसैले आफ्नो धनको वारेमा, वुद्धिको वारेमा, ज्ञानको वारेमा घमण्ड नगर्नु  र प्रर्दशन गरेमा अन्यथा वर्वरिकको जस्तै दुःख निम्तिन सक्छ  भन्ने यो कथाबाट शिक्षा लिन सकिन्छ ।

 

(सम्यक र अक्षय मिल्स वेरी स्कूलमा अध्यनरत् बिद्यार्थी हुन) 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार