• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

मलाई केही मन परेन  

सानो छँदा
पञ्चेबाजाबाट निक्लिएका थाट
मन परेन,
हजुरबाले सहनाईमा गाएको
राग मन परेन ।

 

बाबाले अरुको लाज ढाक्न 
गाएको मेसिनको खटटटटट आलाप मन परेन,
आमाले दरिलो बनाउन धागोले सिएको
अलंकार मन परेन ।

 

यी सबै गाउँदा
अरुले अछुतको बिल्ला भिरिदिएको
सरगम मन परेन
र अहिलेपनि तिमीसंगै समान
समान हु भनेर बजाउनु पर्ने ताल
मन परेन,

 

तानपुराको झन्कार जस्तो
केहिको दिलमा नपुगेको मेरो
डोकोका डोको निराशाको
तान मन परेन...
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार