• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

पन्जाबसँग बैंगलोरको लजास्पद हार, बैंगलोर ९७ रनले पराजित

काठमाडौं । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

 

बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटेको थियो ।

 

जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ अलमा अल आउट हुँदै लज्जास्पद हार बेहोरेको हो । बेंगलोरका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

 

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३/३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो । पन्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले भने ६९ बल खेलेका राहुलले १४ चौका र ७ छक्काको सहयोगमा नट आउट १३२ रन बनाएका थिए । त्यस्तै महेकं अग्रवालले २६ तथा निकोलस पुरानले १७ रन र करुन नैरीले १५ बनाएका थिए। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार