• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेता थापाको संयोजकत्वमा राप्रपा विधान मस्यौदा समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षको बैठकले पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी पार्टीका नेता  निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । 

 

पार्टी केन्द्रीय कार्यालय चाबहिलमा  पार्टी अध्यक्षत्रय  डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा उपस्थित बैठकले समितिका  सदस्यहरुमा भरतजग उप्रेती, श्याम बहादुर शाही, भक्ति प्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेको समिति गठन गरेको हो । 

 

असोज ११ गते पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक तोकिएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार