• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

कांग्रेस महामन्त्री डा.कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोनामुक्त भएका छन् ।

 

उनले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन । उनको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो ।

 

गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा.कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए । उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिए ।

 

कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी  ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार