• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
मनोरञ्जन

किरणको निर्देशन र राजन मुकारुङको शब्द तथा संगीतमा 'ज्यानै हाजिर भो' सार्वजनिक

काठमाडौं । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको मीठो स्वरमा सजिएको 'ज्यानै हाजिर भो' (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ ।

 

साहित्यकार राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

 

थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो 'ORIGIN NEPAL' युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । यस गीतको भिडियोमा ब्रबिम शेर्मा, ईक्शा मादेन अनि पुष्पा लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतमा लिम्बू संस्कार अनि संस्कृति रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

 

निर्देशक किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् भने अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार