• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

कांग्रेसले भन्यो- पहिरोपीडित घाइतेको उपचार गर 

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

 

पहिरोमा परी ज्यान गुमाएका, बेपत्ता भएका र पीडीत परिवारको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ। 

 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन, बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको हो ।

 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  विज्ञप्ति जारी गर्दै वेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार