• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

आईपीएल  : मुम्बईको पहिलो जित, कोलकाता  ४९ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । 

 

बुधबार राति भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको हो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले पूरा गर्न सकेन । २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाउन सक्यो । 

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि सुर्य कुमार यादवले ४७ रनको योगदान गरे । त्यस्तै सौरव तिवारीले २० रन बनाउँदा हार्दिक पाड्याले १८ रन बनाउदा पोलार्डले १३ रन बनाउन सफल भए । 

 

बलिङतर्फ कोलकक्ताका लागि शिभम मावीले दुई विकेट लिए । त्यस्तै कप्तान सुनिल नारायण र आन्द्रे रशेलले एक–एक विकेट लिए । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले पहिलो जित निकालेको हो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार