• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

सिन्धुपाल्चोक र बाग्लुङ विपत संकटग्रस्त क्षेत्र घोषणा, पुनर्निमाणमा ६ अर्ब खर्च गरिने

काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

 

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

 

ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए  ।

 

यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार