• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

दिपकको ‘कृष्ण लिला’मा पुष्प र दीपिकाको जोडी,बुद्धि तामाङ र रवीन्द्र झाको पनि अभिनय रहने

काठमाडौं ।  चलचित्र ‘कृष्ण लिला’ निर्माणको घोषणा भएको छ । दिपक ओलीले निर्देशन गर्ने चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाईंको मुख्य भुमिका रहने छ ।

 

गत साता निर्माण पक्षले पुष्प र दीपिकासँग  सम्झौता गरेको हो । चलचित्रमा पुष्प र दीपिकालाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिने बताइएको छ ।

 

दीपक ओलीको निर्देशनमा बन्न लागेको यस चलचित्रका लागि पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रवीन्द्र झाको पनि अभिनय रहने छ । उनीहरूसँग पनि निर्माण पक्षले  सम्झौता गरिसकेको छ ।

 

कमेडी शैलीको यस चलचित्रको कथा, पटकथा तथा संवाद सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले तयार पारिरहेका छन् । अर्जुन पोखरेलले संगीत गर्ने यस चलचित्रको  छायांकन इलामको साथै तराईका विभिन्न जिल्लामा गर्ने निर्माण पक्षले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार