• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

वामदेवको नियुक्ति बदरको रिटको सुनुवाइ आज

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य लागिएको विरुद्धमा परेको मुद्धा बदरको माग गर्दै दायर रिटमा आज सुनुवाइ हुने भएको छ । 

 

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई मन्त्री बनाउन नमिल्ने दावी सहित मन्त्री नबनाउन आदेश दिन माग गरेको रिटमा आज सुनुवाई हुने भएको हो । सोही रिटको पेसी बुधबारका लागि तोकिएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा रिटको सुनुवाइ हुँदैछ ।

 

त्रिपाठीले सर्वोच्चमा दर्ताका लागि पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न, नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

 

नेपालको संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्थाको उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । यसैका आधारमा पनि गौतम सरकारमा जान नमिल्ने उहाँको जिकिर छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार