• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

थपिए एक हजार ३५६ संक्रमित, ८२३ जना डिस्चार्ज 

काठमाडौं । कोरोना भाइरसका थप एक हजार ३५६ संक्रमित फेला परेका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५६ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । 


पछिल्लो २४ घण्टामा ८२३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४८ हजार ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ३४ हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

 

देशभरका संस्थागत आइसोलेसन ९ हजार १९३ जना र होम आइसोलेसनमा ८ हजार ९४९ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १७१ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार