• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

डा.केसीलाई शिक्षण अस्पताल जान रोक, प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लग्यो

काठमाडौं । बरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । केसी टिचिङ हस्पिटल जान चाहेका थिए । तर, प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टर लगेको जनाईएको छ । 

 

टिचिङ अस्पताल महाराजगञ्ज ल्याउने भनेर त्यहीको गाडी डा केसीलाई लिन विमानस्थल पुगेको पनि थियो । गत वर्षमात्र डा.केसीले शिक्षण अस्पतालबाट अवकाश पाउनु भएको थियो।

 

तर गाडीमा बसिसकेपछि प्रहरीहरुले उहाँलाई टिचिङमा जान नदिएर जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेका हुन् । नेपालगञ्जबाट विमानमा काठमाडौं आउनु भएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो ।

 

जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसीले सोमबार विज्ञप्ति निकालेर आफू काठमाडौंतर्फ आउन लागेको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार