• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

राप्रपामा यस्तो सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चुनाव चिह्न हलो राख्ने सहमति भएको छ । पार्टीका तीनवटै अध्यक्षबीचको छलफलमा चुनाव चिह्न हलो राख्ने सहमति भएको हो ।

 

अध्यक्ष कमल थापा चुनाव चिह्न गाई तथा पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी हलो राख्नुपर्ने अडानमा थिए ।

 

दुई पार्टी एकता हुँदा तयार पारिएको आधारपत्रमा डेढ वर्षभित्रमा एकता महाधिवेशन गर्ने भनिए पनि चुनाव चिह्नका विषयमा सहमति हुन नसक्दा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्तासमेत हुन समेत बाँकी रहेको थियो ।

 

अध्यक्ष थापाले पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएकाले सहमति गर्नुपरेको बताए । थापाले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न पनि आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार