• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

संबैधानिक निकायमा पदपूर्ति गर्न प्रधानमन्त्रीलाई पार्टी सचिवालयको निर्देशन

काठमाडौं । नेकपा सचिवालयको  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न भएको छ । संबैधानिक निकायहरूमा पदपूर्ति गर्न बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्देशन दिएको छ ।

 

बैठकमा अधिकांश नेताले प्रधानमन्त्रीलाई सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पार्टी एकताको बाँकी काम पूरा गर्न १० दिनभित्र अध्यक्षद्वय र महासचिवले सचिवालयमा ठोस प्रस्ताव पेस गर्न पनि निर्देशन दिइएको छ ।

 

अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल अध्यक्ष दाहाल 'प्रचण्ड' बैठकको पूरै अवधि सहभागी रहेको सल्लाहाकार थापाले जानकारी दिए ।  पहिलो सचिवालयको बैठक पेरिसडाँडा भएको थियो भने आज बालुवाटारमा गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार