• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

चट्याङ लागेर एकको मृत्यु

लमजुङ । लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे चट्याङ परेर घाइते भएका बेंसीसहर नगरपालिका ६, पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

मृतक विक ठूलोबुबाका घरमा बसेका बेला चट्याङ लागेर शरीरको विभिन्‍न भागमा चोट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार सोही वडाका २२ वर्षीय चिजा गुरुङ भने चट्याङ लाग्दा घाइते भएकी छन् ।

 

घाइते भएपछि गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टालगायत शरीरका विभिन्‍न भाग झमझमाउने र दुख्‍ने भइरहेको छ । घाइते गुरुङको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार