• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

बैंगलोरको विजयी सुरुआत,हैदराबाद १० रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । युएईमा सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

 

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले १९ ओभरमा ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५३ रन बनाउँन सक्यो । 

 

हैदराबादका लागि जोनी बेयरस्टाले अर्धशतकिय पारी खेले । ४३ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए । त्यस्तै मनिश पाण्डेले ३४ रन बनाउँदा प्रियाम गर्गले १२ रन बनाए । हैदराबादका लागि अविशेक शर्मा ७, रसिद खान र डेभिड वार्नरले ६ रन बनाए । यस्तै हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २र२ विकेट लिए । डेल स्टेनको नाममा एक विकेट रह्यो ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरिको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पदिकालले अर्धशतकीय पारी खेलेका थिए। 

 

अब हैदराबादले दोस्रो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । बेंगलोरले दोस्रो खेलमा किंस इलेभेन पञ्जाबसँग विहिबार खेल्नेछ। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार