• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र  ट्राफिक कार्यालय पर्साद्वारा सचेतना अभियान शुरु

वीरगंज । ग्रीन सिटी सामुदायिक सेवा केन्द्र  र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सचेतना अभियान शुरु गरेका छन् । 

 

ट्राफिक प्रहरी  कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले एक हप्तामा दुईपटक हुने गरी ट्राफिक सचेतना अभियान शुरु गरेको  प्रहरी निरीक्षक कमल राज पन्डितले बताए ।

 

चीनको वुहान शहरबाट शुरु भई अहिले २१५ वटा देशमा फैलिएको कोरोना महामारीबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने तथा ट्राफिक नियमको समेत पालना गर्नको लागि सचेतना अभियान शुरु गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले  जानकारी गराएका थिए ।

 

कार्यक्रममा पर्सा ट्राफिक कार्यालयका प्रहरी निरीक्षक कमलराज पण्डित, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीका अध्यक्ष जयप्रकाश खेतान, आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, बिरगंज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशन कुमार गुप्ता बिष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रबी बर्णवाल, दिपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाह लगायत स्थानीय बुद्धिजीवीहरुको  सहभागीता रहेको थियोे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार