• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

तीन बर्ष पछि न्याय खोज्दै रंगकर्मी प्रमिला (भिडियो सार्वजनिक)

काठमाडौं । गायक सजल न्यौपानेले गीत  ‘विलाप’ सार्वजनिक भएको छ । न्यौपाने कै आवाज तथा संगीतमा गीत तयार भएको हो ।  

 

गीतकार मनिष बसिष्टको शब्द र रिदम कडेलको एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई एम बी क्रियसनले आफनो अफिसियल च्यानल मार्फत सार्वजनिक गरेको हो । 

 

शिशु , श्रीमान र न्याय गुमाएकी  एक नारीको चरित्रमा कलाकार प्रमिला खनालले अभिनय गरेकी छिन् । खनालले भिडियोमा एउटा सिङ्गो नारिजातीलाई प्रतिनिधित्व गरेकी छिन्

 

करिब ३ बर्षपछि आफु फरक चरित्रमा अभिनय गरेको खनाल बताउँछिन् । एउटा कुशल नूत्ययाङगनाको रुपमा परिचित गराएकी रंगमर्की खनाल यस भिडियो मार्फत आफुलाई एक कुशल कलकारको रुपमा पनि चिनाउन सफल भएकी छिन् ।

 

गम्भिर बिष्टको निर्देशनमा गीतमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाले सम्पादन रहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार