• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

वामदेवविरुद्धको सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौं । नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित आइतबार पेश गरेको निवेदन सोमबार (आज) दर्ता भएको त्रिपाठीले जानकारी दिए । 

 

त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र गौतमलाई विपक्षी बनाएर आज निवेदन दर्ता गरेका हुन ।

 

निवेदनमा गौतमलाई मनोनयनका लागि मन्त्रिपरिषदले गरेको सिफारिस नै बदनियतपूर्ण एवं दुरासयपूर्ण हुनुका साथै संबिधानविपरित रहेको दावी गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार