• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

दशैंमा ‘लक्ष्मीपूजा’, जाहान्वीको दोहोरो भुमिका 

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । चलचित्रको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

 

समिर मियाँले निर्देशन गरिरहेको चलचित्रमा शोभित बस्नेत निर्माता छन् । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । यस्तै सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

 

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने चलचित्र दशैं र तिहारको परिवेश देखाइनेछ। फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार