• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘नेपाल लोक स्टार’ विजेता शनी विश्वकर्माको पहिलो गीत ‘झुम्का झलक्कै’ सार्वजनिक

काठमाडौं । ‘नेपाल लोक स्टार’ विजेता शनी विश्वकर्माको पहिलो गीत  ‘झुम्का झलक्कै’ सार्वजनिक गरेका छन् । 

 

लोक शैलीको गीतमा शनि र विष्णु माझीको आवाज रहेको छ। गीतमा शब्द तथा संगीत शिव हमालको छ। गीतको भिडियोमा शनीसँगै सागर लम्साल, रियाशा, चक्र र गीता देखिएका छन् । 

 

हाइलट्स नेपाल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियो सम्पादन नवीन निरौलाले गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार