• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

सुपर ओभरमा दिल्लीको विजयी सुरूवात, पञ्जाव पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो ।

 

दिल्लीले आइतबार राति यूएईमा सम्पन्न खेलमा सुपर ओभरमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै विकेट कागिसो राबाडाले लिए ।

 

यसअघि दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा आठ विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्दा खेल सुपर ओभरमा पुगेको थियो । सुपरओभरमा भने दिल्लीले बाजी मार्यो । 

 

१५८ रनको लक्ष्य पछ्याउने क्रममाः पन्जाबका लागि मयंक अग्रवालले अर्धशतकीय पारी खेलेका थिए। उनले ६० बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ८९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै पन्जाबलाई अगाडि बढाएका थिए । 

 

ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट लिएका थिए ।

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५७ रन जोडेको थियो । खराव सुरुआत गरेको दिल्लीले चार ओभरमा मात्र १३ रन हुँदा तीन विकेट गुमाएको थियो । त्यसपछि मैदान आएका रिशभ पन्त र कप्तान श्रीयस एयरले दिल्लीको पारी सम्हाल्ने प्रयास गरेका थिए । श्रीयस र पन्तले ७३ रनको साझेदारी गरे।

 

दिल्लीका लागि कप्तान एयरले ३९ रन जोडे । उनले ३२ बलमा तीन छक्का प्रहार गर्दै ३९ रनको योगदान दिए । त्यस्तै रिशभ पन्तले ३१ रन जोडे । उनले २९ बलमा ४ चौकाको मद्दतमा ३१ रन जोडेका थिए ।

 

अब  पञ्जाबले दोस्रो खेल सेप्टेम्बर २४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । दिल्लीले सेप्टेम्बर २५ मा चेन्नई सुपर किंग्ससँग खेल्ने छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार