• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

दिल्ली क्यापिटल्सको पञ्जाब समक्ष १ सय ५८ रनको मध्यम लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाब समक्ष १ सय ५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । सुरुवाती ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

 

टस हारेर पहिले ब्याटिङको गरेको दिल्लीले खराव सुरुवात गरेको थियो । चार ओभरमा मात्र १३ रन हुँदा दिल्लीले तीन विकेट गुमाएको थियो । त्यसपछि मैदान आएको रिषभ पन्त र कप्तान श्रीयस एयरले दिल्लीको पारी सम्हाल्ने प्रयास गरेका थिए । श्रीयस र पन्तले ७३ रनको साझेदारी गरेका थिए । 

 

दिल्लीका लागि कप्तान एयरले ३९ रन जोडे । उनले ३२ बलमा तीन छक्का प्रहार गर्दै ३९ रनको योगदान दिए । त्यस्तै रिशभ पन्तले ३१ रन जोडे । उनले २९ बलमा ४ चौकाको मद्दतमा ३१ रन जोडेका थिए । 

 

दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे ।दिल्लीले पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राख्दै प्लेईङ सेट तयार पारेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार