• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘शोभना फिल्म फेस्टिबल-२०२०’ को घोषणा, ३० फिल्म प्रदर्शनका लागि छनोट गरिने

काठमाडौं । शोभना वेलफेयर सोसाइटी दिल्लीको अध्यक्षतामा ‘शोभना फिल्म फेस्टिबल-२०२०’ हुने भएको छ ।

महोत्सवको पोस्टर सार्वजनिक गर्दै फेस्टिबलका संस्थापक एवं निर्देशक सुमितप्रताप सिंहले  शोभना वेलफेयर सोसाइटी दिल्लीले कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।

 

महोत्सवमा भाग लिन सर्टरडकुमेन्ट्री फिल्मको लम्बाइ १ मिनेटदेखि ३० मिनेट सम्मको हुनुपर्नेछ । 

प्राप्त फिल्महरुमध्ये  जम्मा ३० वटा प्रदर्शनका लागि छनोट गरिनेछन् ।  जसमध्ये उत्कृष्ट तीन चलचित्रलाई प्रथम, दोस्रो र तेस्रो सम्मान प्रदान गरिनेछ ।

 

उत्कृष्ट तीनमा पर्न सफल फिल्मलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने बाँकी फिल्मलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

महोत्सवमा भाग लिन सर्टरडकुमेन्ट्री फिल्मको लम्बाइ १ मिनेटदेखि ३० मिनेट सम्मको हुनुपर्नेछ । 

 

 अनलाइनमा आयोजना गरिने  फिल्म महोत्सवमा जोकोहीले पनि निस्शुल्क सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिले अनलाइन फाराम भरेर सहभागी हुन सक्ने आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार