• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

पेट्रोल ट्यांकर त्रिशूलीमा खस्याे,चालक-सहचालक हामफालेर जोगिए

तस्वीर : सामाजिक सञ्जाल

धादिङ । ना.४ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्‍कर धादिङको गल्छी गाउँपालिका ६, चरौंदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । 

 

आइतवार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । धादिङको गल्छी गाउँपालिका– ६ चरौंदीबाट त्रिशूलीमा खसेर आगाे लागेकाे भए पनि  दमकलको सहायताले आगो निभाइसकेकाे बताइएकाे छ ।

 

नदीमा खसेको ट्याङ्‍कर  पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार भइरहेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। 

 

प्रहरीका अनुसार ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आइसकेका छन् भने उद्धार कार्य भइरहेको  छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार