• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

काठमाडौं । सरकारले पाँचौ संविधान दिवसका अवसरमा ५९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरेको छ ।

 

यस वर्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट एनआईसी एशिया बैंकको संचालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई विभूषित गरिएको छ ।

 

अध्यक्ष अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउँदै आएका छन् ।  उनी बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन् ।

 

आज बिभुषित हुनेहरुमा सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको थियो।

 

यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय) बाट आयुक्त डा.गणेशराज जोशी, वनस्पतीविज्ञ डा.तीर्थबहादुर श्रेष्ठ,सचिव केदारबहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल र नापी विज्ञ बुद्धिनारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ।

 

 नामावली सहित :

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार