• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

हो, खानकै चासो

कविता

जनताको नाममा सधै खानेले

विकास र समृद्धिको नाममा खादैछन्

भोजनको लागि भाइरस पनि छोडेनन्

सुजिकारले छेकेर लुगा सिए जस्तो

खान मिल्ने नियम काटकुट गरेर

अझ त्यसले नपुग्दा 

कानुन नै बदलेर 

मुलुक खादै आएका छन्

मुलुकलाई मायागर्नेहरूले बोले - 

 

यो के गरेको ?

जबाफ दिन्छन् - कानून सम्मत छ

यतिले नपुगेको 

बिचरो कानून

गोजीको सुपारी

अब त सर्पको नाममा पनि खान थाले

गरीव भन्दा गरीवको

लहुलहान्त भएको गरीवीको 

 

रगत र पसिना

जब दुषित नियतले कानून निल्छ

त्यो सधै कानून सम्मत हुन्छ,बनाइन्छ 

खान्छन्, खान्छन्, सुरसाको मुखले

पहाडको नाम लिएर खान्छन्

चुरे समथल बनाएर खान्छन्

मधेशको नाम लिएर खान्छन्

नदीको नाममा खान्छन्

खादा खादा शक्ति-पैसाको मातमा 


बाटो हराएका यी

चौबाटोमा आइपुगेका छन्

अझै खानको लागि 

जनयुद्ध पछिको मल्ल युद्धमा

अनवरत पैठेजोरिमा छन्

अब भोका कोही रहने छैनन्

मरूभूमि तुल्यमा

यिनैले नै सबै सक्नेछन्

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार