• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

झमक कुमारी बनाउने तत्व के हो त ?

काठमाडौं ।  मान्छेहरुको उन्नती हुनुको कारण खोज्दै जाँदा जो मान्छे असफल-बर्वाद हुन्छ त्यो प्रतिभा नभएर होइन, सबैसँग प्रतिभा हुन्छ । जो मान्छे संसारमा अगाडि वढ्छ उसले कहिले अरुलाई दोष दिदैन । जो मान्छे खराब छ उसले सधै अरुलाई दोष दिनेगर्छ । आमाको-बाबाको कारण, दाई-भाईको कारण, दिदिको-बहिनीको कारण, साथीको कारण, गुरुको कारण शिष्यको कारण यो विषाक्त नकरात्मक मानसिकता हो । एक गाँस भात टिप्नको लागि दुवै खुट्टा भातको थालीमा अनि खुट्टावाट भात खानुपर्ने त्यो नियति भोगेर पनि उनी हासेकी छिन् । यो देशको वर्तमान समयमा सवैभन्दा ठूलो प्रेरणाको व्यक्तित्व वा प्रेरणाको श्रोत भएको व्यक्ति भनेर निर्विवाद भन्न सकिन्छ झमक कुमारी घिमीरे ।  उनले खुट्टामा कलम च्यापेर साहित्य लेख्छीन्, खुशीले आनन्द लाग्छ तर उनले त्यही खुट्टाले भातको थालीमा टेकेर त्यहि खुट्टावाट भात खाएको देख्दा मन अति कुडिने गर्छ । मानौं उनले भात खाइरहेकी छैनन कठोर संघर्ष गरिरहेकी छिन् ।

 

एक गांस टिप्नको लागि दुवै खुट्टा थालीमा त्यो नियति भोगेर पनि हासेकी छिन् तर मानिसहरु सम्पूर्ण कुरा हुँदा जस्तै हात, खुट्टा, आँखा, शरिरीरका सम्पूर्ण अंगहरु ठिक ठाक हुँदा मानिसहरु अल्छि भएर जिन्दगी बिताईदिन्छन्। झमक कुमारीसँग केही छैन, कमजोर चश्मा लगाउँछिन्, वोल्न सक्दिनन्, शरिर सिधा वस्न सक्दिनन्, हातले केही गर्न सक्दिनन् खुट्टा पनि  कमजोर । असमर्थ तर उनले राष्ट्रलाई यति ठूलो योगदान दिइन कि त्यो सबैभन्दा ठूलो प्रेरणा हो । त्यस कारण मान्छे महान वन्नका लागि सम्पूर्ण कुरा ठिक हुनुपर्देन विचार ठिक हुनुपर्छ किनकि उनीसंग विचार ठिक छ। उनको विचार वलियो छ तर अरु शारिरिक रुपमा कमजोर । तर हामी प्राय मानिसहरुसंग सवै अंगहरु ठिक हुँदाहुँदै पनि विचार कमजोर छ। मैले गर्न सक्दिन, म कमजोर छु, म गरिव देशमा जन्में जस्ता कमजोर विचार छ । त्यो नै हामी आम मानिसको शत्रु हो । तर झमक कुमारी जस्ता महान विचार भएकाहरु त्यही वलियो विचारमा टेकेर आज झमक कुमारी घिमीरे भनेर संसारमा चिनाउन सफल भएकी छिन् ।

 

उनको सकरात्मक विचार उनको मुहारमा झल्किन्छ। उनको मुस्कानमा झल्किन्छ । अरुले उनको शरिर हेर्दा पिडादायी देखिएपनि उनको मुस्कान प्रेरणादायी छ । जसको सोच सकरात्मक हुन्छ उसको मुहारमा मुस्कान प्रकट हुन्छ । त्यसैले त उनको मुस्कान प्रेरणादयी छ । उनको जिन्दगी ज्वालामुखी जस्तो छ, शक्तिशाली पनि छ तर पिडा पनि छ । शक्ति भित्र पिडा छ र पिडा भित्र शक्ति छ । जसले पिडालाई स्वीकाररेर त्यो शक्तिमा वदलिदै राष्ट्र र विश्वमा फैलियो । आम मानिसहरु चाहि पिडा नै नभएपनि पिडावाट भाग्न खोजे । उनीहरु चहि सपाँग भएपनि अपांग, अशक्त जस्ता भएर वाँच्न चाहन्छन् । तर अधिकाँश मानिस झमक कुमारी घिमीरेको अगाडि असफल भएका देखिन्छन हामीसंग हात छन् तर लेख्न सक्दैनौं, हामीसंग खुट्टा ठिक छन् तर ठिक ठाउँमा पुग्न सक्दैनौं । हम्रो वाणी ठिक छ तर मिठो वोल्न सक्दैनौं । त्यसकारण झमक कुमारीको अगाडि हामी सवै अशक्त हौं । त्यसकारण साच्चै राष्ट्रको प्रेरणाको श्रोतको प्रतिमुर्ति झमक कुमारी हुन् । झमक कुमारीलाई एक साहित्यकारको रुपमा राष्ट्रको नितीको रुपमा स्थापित गरेको छ ।

 

धनकुटामा एउटा गरिब परिवारमा जन्मेकी जहाँ उनका आमा बाबुले पनि छरछिमेकवाट हेपाई सहनु पर्‍यो । कस्तो अपाँग छोरी जन्माएको भनेर सवैले खिशीटिउरी गरे । जसले केही गर्न सक्दैन भनेर भने तर त्यो मान्छे आज राष्ट्र र विश्वको लागि उदाहरण बनेकी छिन् । झमक कुमारीलाई नेपालको हेलेन केलर भन्ने पनि गरिन्छ । हेलेन क्लर पनि वहिरी कान सृन्न नसक्ने, नेत्रहिन, बोल्न नसक्ने थिइन्। त्यस्तो अवस्थामा पनि उनी संसारको प्रख्यात साहित्यकार, संगितकार हुन् । अझ उनको भन्दा दयनीय अवस्था थियो झमक कुमारी घिमीरेको तर पनि उनको मुहारमा झल्केको हाँसो त्यो संसारलाई हसाउने प्रेरणाको हाँसो हो । 

 

झमक कुमारी वनाउने तत्व के हो त भन्दा उनी सानै हुँदा उनको भाई वहिनी स्कुल जान्थे, उनि घरमा बसिरहन्थिन  एक दिन उनको त्यो कमजोर खुट्टाले पनि भुइँको माटोमा सानो ढुंगाको सहाराले अक्षर कोर्न थालिन । उनले क ख ग ...लेख्न थालिन् ,आमा बाबु, शिक्षक कसैले नसिकाईकन नै उनि लेख्न जान्ने भईसकेकी थिइन् उनले कहिले अरुलाई दुःख दिइनन् । आमा, बाबु, भाई, वहिनी, हजुरआमा कसैलाई दोष दिइनन् । सकरात्मक सोच राखी अगाडि वढीरहिन् । त्यसकारण कसैले थाहै नपाई उनी शिक्षित भईसकेकी थिइन् । उनी स्वयं प्रभा अथवा स्वयं शिक्षित भइन् ।

 

आफ्नो लगनशिलता, आफ्नो प्रयास, बाच्ने इच्छाशक्ति, केही गर्ने इच्छा कहाँवाट देखाइन् त भन्दा लेखेर देखाइन् । यसवाट के चरितार्थ हुन्छ भने हुने विरुवाको चिल्लोपात भने झै जो मान्छे काम गर्छ उसले गुनासो गर्दैन, जो काम गर्देन उसले सधै गुनासो गर्छन् । यो भनाई झमक कुमारी घिमीरेवाट चरितार्थ हुन्छ । किनकी हरेक गुनासोले हामीलाई कमजोर वनाउदै जान्छ हाम्रो उचाइ पनि घट्दै जान्छ । उनले कुनै गुनासो गरिनन्, उनले निरन्तर गर्दे गइन्। उनी यति शान्त छिन की जब लेख्न थालिन, त्यसपछि सारा दुनियाँ असान्त भएर उनलाई भेट्ने इच्छुक भए । उनको घर अहिले भगवानको मन्दिर जस्तो भएको छ । झमकको घर कहाँ छ भनि खोज्ने मानिसहरुको लर्काे दिनानुदिन वढ्दै गएको छ। तर उनकै आमाले सोच्नुहुन्थ्यो छोरी भएर जन्मिएकी त्यसमाथि पनि अपांग, हामी मरेपछि कसले उनको लालन पालन गर्ला । अहिले राष्ट्र नै उनको सेवामा जुटेको छ । त्यसैले झमक कुमारी घिमीरे राष्ट्रको एउटा प्रकाशपुञ्ज हो जसले लाखौं मानिसलाई उज्याले दिनसक्छ र राष्ट्रको युवाहरुका लागि ठूलो प्रेरणाको श्रोतको रुपमा लिइन्छ । हामीले सकरात्मक सोच लिई अगाडि वढ्नु पर्दछ र झमकको पथलाई पछ्याउनु पर्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार