• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
डबली

‘आत्मअहंम’

मेरो कात्रो मैले जलाए 

किन उपद्रो चिच्याउनु 

झण्डा त हैन नि !

 

मेरो आत्मसम्मानमा भोटको चोट 

कसले देख्यो कति छम्का लाग्यो ?

यो सिस्टमसँग मेरो ठुलो गुनासो छ,

मैले लाउने कट्टुको फोटो 

किन होर्डिङ बोर्डमा टासेको ?

मेरो त इज्जत हो यार !

 

माथिल्लो सिडि त टाढै भो

तलकाहरुले त सुनन 

‘भर्‍याङ्गको खुट्टोले थुप्रै कमिलाहरु किचेको छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार