• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । केहि दिन स्थिर रहेको सुनको मूल्य बिहीबार भने घटेको छ । छापावाला सुनको मूल्य बिहीबार तोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

 

बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार