• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

डा. चन्द्र भण्डारीद्धारा निःशुल्क खाना खुवाउन सहयोग रकम हस्तान्तरण

काडमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता  डा.चन्द्र भण्डारीले काठमाडौको खुल्लामञ्चमा निःशुल्क खाना खुवाउन सहयोग रकम हस्तान्तरण गरेका छन ।

 

कोरोनामहामारीका कारण आम्दानी गुमाएका र भोकभोकै बस्नु पर्ने अवस्थामा रहेकाहरुलाई खाना खुवाउदै आएको हाम्रो टिम नेपाललाई डा. भण्डारीले १ लाख ५ हजार रुपैया नगद हस्तान्तरण गरेका हुन ।

 

निःशुल्क कपडा बैंक सञ्चालन गरी हुनेले दिने र नहुनेले लिने अभियान शुरु गरेको हाम्रो टिम नेपालमा आबद्ध युवाहरुले धेरै रचनात्मक र स्वयमसेवी सामाजिक कामहरु गरेकाले प्रभावित भएर सहयोग रकम प्रदान गरेको डा. भण्डारीको भनाई छ ।

 

नेता भण्डारीबाट रकम प्राप्त गरेपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले राजनीतिक क्षेत्रबाट आफुहरुलाई पहिलो पटक सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन ।


स्वयमसेवी युवाहरुको समूह हाम्रो टिम नेपालले पछिल्लो समयमा काठमाडौको खुल्लामञ्च लगायतका विभिन्न ठाँउमा गरिब र भोकै भएकाहरुलाई निःशुल्क खाना वितरण गर्दै आइरहेको छ ।

 

 दैनिक झण्डै चार सय जनालाई खाना खुवाउने गरिएको र एक छाकमा झण्डै ३५ हजार खर्च हुने गरेको उनीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार