• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

जापानका नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

टोकियो । जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

 

संसदको ४६० मतमध्ये ३१४ मत प्राप्त गरी सुगा स्पष्ट बहुमतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एदानो आकिओले १ सय १५ मत प्राप्त गरेका थिए । जापानी संसदमा सामान्य बहुमतका लागि २३२ मत भए पुग्छ । माथिल्लो सदनमा पनि सुगाको स्पष्ट बहुमत छ । 

 

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् । 

 

जापानी सरकारको नेतृत्व गर्न लागेका सुगाको कार्यकाल भने १ वर्षको मात्र हुनेछ । आगामी वर्षको सेप्टेम्बरमा आम निर्वाचन हुने भएकाले सुगाले त्यस अवधिसम्म मात्र सरकार संचालन गर्नेछन् ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार